२०८३, आश्विन २२ गते

images

अवस्था सुधारोन्मुख छ तर युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन

अवस्था सुधारोन्मुख छ तर युवाको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन

बिहिवार, चैत्र २८ २०८१०३:०२
बिहिवार, चैत्र २८ २०८१०३:०२
  • images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्यमी व्यवसायीको मनोबल अहिले पनि अघि बढ्न नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षीक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हन् ।

    उनले जबसम्म हामी  देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारिमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न नसकिने बताए ।

    उनले भने, “उद्मी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको देशभरका करिब २४० संस्थाहरुसँग  गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन महासंघ छिट्टै सार्वजनिक समेत गर्नेछ  । व्यक्तिगत रुपमा भन्ने हो भने म निराश होइन आशा चाँही छर्न चाहन्छु । अवस्था सुधारन्मुख छ, तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार प्रर्याप्त छैन् । जबसम्मदेशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीमा अवसरहरु सिर्जना गर्न सक्दैनौं निराशलाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराश त्यसकै परिणाम हो । ’

    विगतमा सरकारले चाहिने भन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उनले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राखे ।
     
    प्रतिकूलतामा अनुकूलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने तर्फ सरकार र निजी क्षेत्र लाग्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । 

    “म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरूको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो,’ उनले भने । 

    पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताए । 

    विश्वव्यापी रूपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरूको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।

    देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताए। 

    पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिए ।

    सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाण पत्रलाई पूर्ण अनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।

    यद्यपि देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको, ८० प्रतिशतभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै उनले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको विषयमा सरकारको ध्यानाकर्षण गराए ।  

    ’हामीले सुरक्षाको विषय उठाएका हौ । सम्मानको विषय उठाएका हौं । मर्यादाक्रमको विषय उठाएका हौं । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सद्भाव चाहिएको हो,’उनले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend