काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि उपकुलपतिको राजीनामा स्वीकृत गरेका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. केसरजङ्ग बरालले राजीनामा दिएको १३ दिनपछि बिहीबार प्रधानमन्त्री तथा कुलपति ओलीले राजीनामा स्वीकृत गरेका हुन् ।
चारबर्से कार्यकालका लागि नियुक्त भएका उपकुलपति बरालले चैत १७ गते १३ महिनामै राजीनामा दिएका थिए ।
त्रिवि उपकुलपतिको राजीनामा १२ दिन बित्योः सरकार न स्वीकृत गर्छ न अस्वीकृत

