काठमाडौं । तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने सांसदहरूले प्रस्ताव गरेका छन् । उक्त घटनामा ज्ञानेन्द्र जबाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिने गरी संसदीय समितिमा बोलाउनुपर्ने धारणा राखेका छन् ।
कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए । पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार नभएको भन्दै जवाफ माग गर्नुपर्ने बताएका छन् ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जबाफदेही बनाउनुपर्ने माग राखेका छन् ।

