२०८३, आश्विन २१ गते

images

आठ महिनामा वाणिज्य बैंकहरुको नाफा  ४३ अर्ब बढी

आठ महिनामा वाणिज्य बैंकहरुको नाफा  ४३ अर्ब बढी

आइतवार, चैत्र ३१ २०८११०:२६
आइतवार, चैत्र ३१ २०८११०:२६
  • images

    काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा २० वाणिज्य बैंकले कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा ११ बैंकको नाफा बढेको छ भने नौ बैंकको नाफा घटेको छ ।

    सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि छ । यो बैंकले चार अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आइएमई बैंकले चार अर्ब ७२ करोड र एनआइएमबी बैंकले चार अर्ब आठ करोड नाफा कमाएका छन् ।


    यस्तै नेपाल बैंक लिमिटेडले दुई अर्ब ९८ करोड, प्रभु बैंक एक अर्ब चार करोड, ग्लोबल आईएमई बैंक एक अर्ब ५१ करोड र एभरेस्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका छन । नाफा घट्ने बैंकहरूमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको रहेको छ, जसको ८१ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend