२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पेप्सीकोलामा फिल्मी सैलीमा ६० लाख लुटपाट,...

पेप्सीकोलामा फिल्मी सैलीमा ६० लाख लुटपाट, २० जना पक्राउ

पेप्सीकोलामा फिल्मी सैलीमा ६० लाख लुटपाट, २० जना पक्राउ

आइतवार, चैत्र ३१ २०८१०१:४६
आइतवार, चैत्र ३१ २०८१०१:४६
  • images

    काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो ।

    प्रहरी स्रोतका अनुसार बौद्ध बस्ने रितेश लामाको उक्त रकम लुटिएको हो । रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।

    उनले प्रहरीलाई बताए अनुसार जग्गाको बैना गर्न रकम लिएर आउनु भनेपछि आफू रकम लिएर गएको बताएका छन् । आफ्नो कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको उनको दाबी छ । जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले बताएका छन् ।

    काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको बताए । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । रकम लुटेपछि केही परसम्म भने कारमार्फत लामाले पिछा गरेको पनि देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार हुन्छ ।

    लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लुटपाट घटना अनुसन्धान भइरहेको भन्दै प्रहरीले केही सार्वजनिक गरेको छैन ।

    पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।

    लुटिएको बताउने लामाले सुरुमा ६० लाख लुटिएको बताएका थिए । पछि हिसाब गर्दा ७६ लाख रहेको दाबी गरेको प्रहरीले बताएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend