काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको ह्वाट्सएप नम्बरबाट कर्मचारीलाई ठगी सम्बन्धी म्यासेज गएको पाइएको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सचिवको ह्वाट्सएप नम्बर ह्याक भएको जनाएको छ । मन्त्रालयका सुशासन प्रवर्द्धन शाखाका अधिकृत शेखरनिधि पौड्यालले एक सूचना जारी गर्दै सचिव पन्थको ह्वाट्सएप ह्याक भएको जनाएका हुन् ।
पौडेलले आइतबार निकालेको सूचनामा सचिव पन्थको ह्वाट्सएप ह्याक गरी उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट विभिन्न मन्त्रालयका कर्मचारीलाई म्यासेज गरी सचिव पदको बदनाम गर्ने र ठगी गर्ने प्रयास गरेको उल्लेख छ ।

