२०८३, आश्विन २२ गते

images

तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र(भिडियो)

तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र(भिडियो)

आइतवार, चैत्र ३१ २०८१०५:३४
आइतवार, चैत्र ३१ २०८१०५:३४
  • images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।
     
    ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’


    पूर्वराजामाथि पनि प्रश्न उठेका बेला उनले त्यस घटनाबारे धारणा सार्वजनिक गरेका हुन् । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ जनगुनासो, राम्रो नराम्रो गुणगान सुन्ने संस्कार हुन्छ’, ज्ञानेन्द्रले भनेका छन् । 

     


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend