काठमाडौँ । तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेर रेकर्ड ब्रेक बनाएको सुनको मूल्य मंगलबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

