२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • लोडसेडिङको हल्लापछि प्राधिकरणले भन्योः प्रतिकूल मौसमले...

लोडसेडिङको हल्लापछि प्राधिकरणले भन्योः प्रतिकूल मौसमले विद्युत् अवरोध भयो

लोडसेडिङको हल्लापछि प्राधिकरणले भन्योः प्रतिकूल मौसमले विद्युत् अवरोध भयो

मंगलवार, बैशाख २ २०८२११:३४
मंगलवार, बैशाख २ २०८२११:३४
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा मौसमका कारणले छोटो समय बिजुली गएकोलाई लोडसेडिङ  भन्न नमिल्ने दाबी गरेको छ।

    प्राधिकरणले विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भनेर सामाजिक सञ्जालमा अतिरञ्जित र भ्रामक समाचार फैलाइएको बताएको छ।

    ‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएको प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनी अतिरञ्जित र भ्रामक भनाइ सामाजिक सञ्जालमा व्यक्त हुँदै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    अवरुद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांश ठाउँमा आपूति भइसकेको प्राधिकरणको सूचनमा उल्लेख छ।

    कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइए प्राधिकरणका सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend