२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • ‘एमआरपी’ बिना सामान बेच्ने आनन्द ट्रेडर्सलाई...

‘एमआरपी’ बिना सामान बेच्ने आनन्द ट्रेडर्सलाई २ लाख जरिवाना

‘एमआरपी’ बिना सामान बेच्ने आनन्द ट्रेडर्सलाई २ लाख जरिवाना

मंगलवार, बैशाख २ २०८२०२:००
मंगलवार, बैशाख २ २०८२०२:००
  • images

    काठमाडौं ।  उपभोक्ता हित संरक्षणलाई प्राथमिकता दिँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न व्यवसायिक संस्थामाथि अनुगमनलाई तीव्र बनाएको छ। यही सिलसिलामा विभागले आइतबार ७ वटा उद्योग तथा फर्ममा निरीक्षण गरेको छ।

    अनुगमनका क्रममा काठमाडौं–२२ स्थित आनन्द ट्रेडर्सले बिक्री गरेका सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको पाइएपछि विभागले सो फर्मलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २(क) अनुसार कारबाही गरिएको हो। साथसाथै, आनन्द ट्रेडर्सलाई आगामी दिनमा एमआरपीसहितको लेबल राखी मात्र सामान बिक्री गर्न निर्देशन दिइएको छ।

    यसै क्रममा विभागले बूढानीलकण्ठस्थित ‘ट्रियु फार्मेसिया’ र ‘द स्किन फार्मेसी’ले बिक्री गर्दै आएको कस्मेटिक्स तथा न्युट्रास्युटिकल्स उत्पादनहरूको बिक्री प्रक्रियामा अनियमितता देखिएपछि ती सामग्रीहरूको बिक्री रोक्का गरेको छ।

    Press-release-310.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend