२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र...

मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

शुक्रवार, बैशाख ५ २०८२०७:४२
शुक्रवार, बैशाख ५ २०८२०७:४२
  • images

    काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । 

    व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

    बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।

    पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । 

    पूर्वी खण्डअन्तर्गत सडकको काम ८२।९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८।३१ किलोमिटर खण्डमा चार लेन र ०।२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend