२०८३, आश्विन २३ गते

images
  • समाचार
  • देशका अधिकांश भागमा आज मौसम सफा...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

सीएनएन खबर
शुक्रवार, बैशाख ५ २०८२०७:५०
सीएनएन खबर
शुक्रवार, बैशाख ५ २०८२०७:५०
  • images

    काठमाडौँ । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । यी प्रदेशका केही भेगमा हल्कादेखि मध्यम वर्षा पनि हुनसक्ने छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend