२०८३, आश्विन २१ गते

images

शुक्रबार बिहानैदेखि अधिकांश सरकारी वेबसाइट एकैपटक डाउन

शुक्रबार बिहानैदेखि अधिकांश सरकारी वेबसाइट एकैपटक डाउन

शुक्रवार, बैशाख ५ २०८२१०:५१
शुक्रवार, बैशाख ५ २०८२१०:५१
  • images

    काठमाडौँ । शुक्रबार बिहानैदेखि अधिकांश सरकारी वेबसाइटहरु एकैपटक डाउन भएका छन् । शुक्रबार बिहानदेखि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका प्रमुख साइटहरू डाउन भएका हुन् । 

    नेपाल विद्युत् प्राधिकरणको लाइनमा समस्या आएका कारण डेटा सेन्टरको विद्युत् आपूर्ति रोकिदा अधिकांश सरकारी वेबसाइट डाउन भएको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) मा पावर सप्लाईको समस्या आएका कारण वेबसाइटहरू प्रभावित भएका हुन् ।

    संवेदनशील मानिएका साइटहरूलाई जनेरेटरको सहयोगमा सञ्चालनमा ल्याइएको भए पनि अन्य साइटहरू चल्न सकेका छैनन् । अबको केही समयमा बन्द भएका सम्पूर्ण साइटहरू पुनः सञ्चालनमा आउने महानिर्देशक शर्माले जानकारी दिए ।

    त्यसो त काठमाडौँ सिंहदरबारमा रहेको एकीकृत डेटा सेन्टरमा समस्या आउँदा सरकारी सिस्टमहरूलाई ब्याकअप दिन हेटौँडामा रिकभरी साइट समेत बनाइएको छ । तर उक्त साइटले समेत धान्न नसक्ने गरी सरकारी सिस्टम तथा साइटहरू प्रभावित भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend