काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेर एकैपटक ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउन अर्थ मन्त्रालयले सुझाव दिएको छ।
निजामती विधेयक हाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन छ। राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले निजामती कर्मचारीको अवकाश उमेर तीन चरणमा ५८ बाट ६० वर्ष पुर्याउन सुझाव दिएको छ।
एकैपटक अवकाश उमेर बढाउँदा राज्यकोषलाई फाइदा हुने अर्थ मन्त्रालयले सुझाव दिएको हो।
शुक्रबार समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले एकैपटक अवकाश उमेर बढाउँदा राज्यलाई ५०/६० अर्ब रकम बचत हुने बताए।

