२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँडः १९...

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँडः १९ लाख २३ हजारको आवेदन, ५ हजार १ सयले मात्रै पाए शेयर

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँडः १९ लाख २३ हजारको आवेदन, ५ हजार १ सयले मात्रै पाए शेयर

आइतवार, बैशाख ७ २०८२०९:२५
आइतवार, बैशाख ७ २०८२०९:२५
  • images

    काठमाडौँ । विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले आज आइतबार बिहान शेयर बाँडफाँड गरेको हो ।

    बिक्री प्रबन्धकका अनुसार यस एफपीओमा कुल १९ लाख २३ हजार ४ सय ९० जनाको आवेदन परेको थियो। जस मध्ये १९ लाख २० हजार ९ सय ३९ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।

    जसबाट ५ हजार १ सय २९ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.५ कित्ता शेयर पाएका छन् । एफपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

    कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको थियो। 

    कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो। चैत्र २१ देखि चैत्र २६ गतेसम्ममा २ वटा सार्वजनिक विदा परेकोले कम्पनीको एफपीओ कुल ६ दिन खुला रहेको थियो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend