२०८३, आश्विन २१ गते

images

ट्रेड टावरको आईपीओ आजदेखि, कसले भर्न पाउँछन्

ट्रेड टावरको आईपीओ आजदेखि, कसले भर्न पाउँछन्

सोमवार, बैशाख ८ २०८२१०:१५
सोमवार, बैशाख ८ २०८२१०:१५
  • images

    काठमाडौँ । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । 

    कम्पनीले पहिलो चरणमा नेपाल सरकारको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्काशन गरेको हो ।

    सोअनुसार  यस शेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ। कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ। 

    न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन्।

    आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend