२०८३, आश्विन २२ गते

images
  • समाचार
  • तातो हावाको लहर चल्न सक्छ, सतर्कता...

तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा

तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा

बुधवार, बैशाख १० २०८२०१:०१
बुधवार, बैशाख १० २०८२०१:०१
  • images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै  गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई  सतर्कता अपनाउन  महाशाखाले आग्रह गरेको हो । 

    पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ । तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ ।

    तातो हावाको लहर चलेमा काम गर्ने व्यक्तिहरूमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने खतरा बढी हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जानसक्ने खतरा हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend