२०८३, आश्विन २२ गते

images

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

बिहिवार, बैशाख ११ २०८२०४:४८
बिहिवार, बैशाख ११ २०८२०४:४८
  • images

    काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शपथ लिएका छन् । उनले बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उपस्थित थिए । 

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका थिए । 

    पन्तको वरीयता ८ औं नम्बरमा छन् । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाभन्दा वरीयता पछि छन् । आरजु ७ औं नम्बरमा छन् । 

    शिक्षक आन्दोलन जारी रहेकै बेला शिक्षामन्त्री विद्या भट्टाराईले वैशाख ८ गते राजीनामा दिएपछि रिक्त पदमा पन्त नियुक्त भएका हुन् । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend