२०८३, आश्विन २२ गते

images

नवनियुक्त शिक्षामन्त्रीले शिक्षकहरूलाई बोलाए वार्तामा

नवनियुक्त शिक्षामन्त्रीले शिक्षकहरूलाई बोलाए वार्तामा

शुक्रवार, बैशाख १२ २०८२०३:१५
शुक्रवार, बैशाख १२ २०८२०३:१५
  • images

    काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले आन्दोलरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन्। शिक्षामन्त्री पन्तले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका हुन्।

    उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका छन्।


    निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ छ। चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले २४ दिनदेखि सडक आन्दोलन जारी राखेका छन्।

    शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताए।

    teacherr.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend