२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • शिक्षक र प्रहरीबीच झडप हुँदा १५...

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, महासंघ भन्छ –सरकारले आन्दोलनमा घुसपैठ गरायो

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, महासंघ भन्छ –सरकारले आन्दोलनमा घुसपैठ गरायो

आइतवार, बैशाख १४ २०८२०१:४७
आइतवार, बैशाख १४ २०८२०१:४७
  • images

    काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ। 

    'सरकारले आन्दोलनमा घुसपैठ गरायो'

    नेपाल शिक्षक महासंघले काठमाडाैंमा भइरहेको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ । आइतबार प्रहरीसँग शिक्षकहरूको झडप भएपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका हुन् । 

    उनले भने, 'हामी शिक्षक हौँ, लाठी छैन, केही छैन । यस्तो शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठ गराएर नांगोपना उदांगो भयो । सरकारले नांगो रूप देखायो ।' उनले थपे, 'भोलि देशभरबाट अब थप शिक्षक आउने छन् । शिर झुकाउँदैनाैँ  डराउँदैनौँ ।'

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend