२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सांसद माया राईलाई तीन दिन हिरासतमा...

सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

आइतवार, बैशाख १४ २०८२०४:०६
आइतवार, बैशाख १४ २०८२०४:०६
  • images

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्। 

    सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ भई लामो समयदेखि फरार रहेकी उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेकाे थियाे। 

    उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ। उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend