२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्...

नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद् निर्णय

नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद् निर्णय

सोमवार, बैशाख १५ २०८२१०:३८
सोमवार, बैशाख १५ २०८२१०:३८
  • images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    उनका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार संघीय संसद्का दुवै सदनमा सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय भएको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend