२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रेशम चौधरी पक्राउको पत्र लेख्ने अधिकृत...

रेशम चौधरी पक्राउको पत्र लेख्ने अधिकृत विष्ट प्रहरीको नियन्त्रणमा

रेशम चौधरी पक्राउको पत्र लेख्ने अधिकृत विष्ट प्रहरीको नियन्त्रणमा

बुधवार, बैशाख १७ २०८२०४:०७
बुधवार, बैशाख १७ २०८२०४:०७
  • images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ ।

    विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend