२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भाडियो पार्टी एकता, साढे ४ घण्टापछि...

भाडियो पार्टी एकता, साढे ४ घण्टापछि रिहा भए रेशम चौधरी

भाडियो पार्टी एकता, साढे ४ घण्टापछि रिहा भए रेशम चौधरी

बुधवार, बैशाख १७ २०८२०५:४१
बुधवार, बैशाख १७ २०८२०५:४१
  • images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।

    प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।

    नाउपा र जनमत पार्टीबीचको एकता घोषणा सभा हुर्दै गर्दा बुधबार दिउँसो प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पु¥याइएका थिए । सुरुवाती चरणमा पक्राउको कारण नखोलिएपनि पछि पुरानो केश रहेको चर्चा चलेको थियो । 

    चोधरी पक्राउको पत्र नै बाहिरिएपछि पत्र शंकास्पद र कानुनसम्भत नभएको भन्दै आलोचना भएको थियो । उक्त आलोचनासँगै प्रहरीले पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । 

    उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । 

    रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाएर थुनामुक्त गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend