काठमाडौं । सरकारले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिरण गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विगतका घोषणा गरेका पूर्वाधार आयोजनाहरूलाई प्राथमिकिरण गरिने बताएका हुन् ।
उनले विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकिरण गरिने बताए । उनले भने,‘ विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकिरण गरिने छ। आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नु पर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गरिने छ।’राष्ट्रपति पौडेलले त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने बताए।

