२०८३, आश्विन २१ गते

images

सूचना प्रविधिमा आधारित डिजिटल बैंक स्थापना हुँदै

सूचना प्रविधिमा आधारित डिजिटल बैंक स्थापना हुँदै

सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२०४:३०
सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२०४:३०
  • images

    काठमाडौं । सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने र नगदरहित वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने जानकारी गराएका छन्।

    सरकारको लक्ष्य आगामी वर्षदेखि डिजिटल प्रणालीमार्फत बैंकिङ सेवा सरल, पहुँचयोग्य र पारदर्शी बनाउने रहेको छ। यसका साथै, बैंक तथा वित्तीय संस्थामा रहेको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसले वित्तीय क्षेत्रको स्थायित्व र सुधारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    त्यस्तै, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति  पनि कार्यान्वयनमा ल्याइने जनाइएको छ। यसमार्फत वित्तीय समावेशिता, संस्थागत सुधार र प्रविधिमैत्री सेवामा जोड दिइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend