काठमाडौँ, १९ बैशाख ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय सूचना प्रविधि मुलुकको सुशासन प्रवद्र्धन, समृद्धिर विकासको मुल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो । सूचना प्रविधिलाई नै चुस्त बनाउन मन्त्रालये समय सापेक्ष कानुन निर्माण गर्ने, पुर्वाधार सिर्जना गर्ने र दक्षजनशक्तिको बृद्धि गर्नेमा मुख्य जोड रहेको जानकारी दिनुभयो ।
मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको क्षेत्रको ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ (नेश्नल आइसिटि डे)’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रयाप्त आइटि इन्फास्टक्चरको अभाव हुँदा सूचनाप्रविधिले अझै व्यवसायमा समृद्धि पाउन नसकेको बताउनुभयो । यसका लागि सरकारले लगानी गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँका अनुसार जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ उस्तै गरि आइटि विकास गर्न पुर्वाधार अनिवार्य निर्माण गर्नु पर्छ । “आइसिटि क्षेत्र निर्माण गर्ने इन्फास्टक्चरको अभाव छ”, उहाँले भन्नुभयो,“कम्तीमा आइटि पार्क नभईनहुने देखिन्छ । हामी बनाउने योजनामा छौँ ।”
सञ्चार मन्त्रालयले आइटि क्षेत्रमार्फ राजस्ववृद्धि गर्ने देखि मुलुकमा सुशासन कायम गर्न र जनताको सेवालाई सुविधा सम्पन्न बनाउन सूचना प्रविधिको प्रयोग सहज बनाउने कार्यमा जोड दिएको बताउनुभयो । जस अन्र्तगत मन्त्री गुरुङले विगतमा भएका पुराना कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकिकृत कार्यालय व्यवस्थापन प्रणाली(जिआइओएमएस्) लाई स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारी कार्यालयमा पुर्णरुपमा लागु गर्ने, दुरसञ्चारलाई समयाअनुकल बनाउन ऐन ल्याउने, फोजी देशभर पुर्याउने र फाइभ जी नेटर्वकलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थीत गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी नीति ल्याउने, जिआईडिसीको सबलीकरण र आधुनिकिरण गरि थप डेटा सेन्टर स्थापना गर्ने लगायतका गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी दिनुभयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले सूचनाप्रविधि विनाको युग अब कल्पना पनि गर्न नसकिने हुँदा यसै क्षेत्रमा लगानी गरेर लाभ उठाउनु पर्ने बारे सझुाव दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटिक्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भएपनि डिजीटल साक्षरता बढाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले आइटि क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जन गर्न पनि सुझाव दिनुभयो ।
श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजीटल फेमवर्क बनाउने नेपाल सरकारको उदेश्यलाई सफलपार्न मन्त्रालयले डिजीटल सेवा प्रभावमा जोड दिएको बताउनुभयो । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थीत गर्न सकिएको उदारहरण दिनुभएको थियो ।
नेश्नल आइसिटि अवार्डद्धार विभिन्न व्यक्तित्व र संस्थाहरु पुरस्कृत
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेश्नल राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को अवसरमा नेश्नल आइसिटि अवार्डले विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेकोछ ।
काठमाडौँमा आज आयोजीत कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रा.डा. शशिधर राम जोशीलाई यो वर्षको नेश्नल आइसिटि एक्सीलेन्स अवार्ड ले पुरस्कृत गरिएकोछ । जल तथा मौसम विज्ञान विभागलाई नेश्नल आइसिटि अवार्ड(पब्लीक सेक्टर ) विधाबाट पुरस्कृत गरिएकोछ । नेश्नल आइसिटि अवार्ड(पब्लीक सेक्टर) प्रोभिजन र लोकल विधा तर्फमा ललितपुर महानगरपालिकालाई पुरस्कृत गरिएको हो । त्यस्तै, डिजीटल बैंकिङ्मा योगदान पुराएबापत बन्दना शर्मालाई नेश्नल आइसिटि एक्सीलेन्स अवार्ड (महिला) विधामा पुरस्कृत गरिएकोछ ।
त्यस्तै, इकागजपत्रलाई नेश्नल आइसिटि इनोभेसन अवार्ड, टाकुम डिजीटल प्राइभेट लिमिटेड ललितपुर उपमहानगरपालिका–१४ लाई नेश्नल आइसिटि स्टाटप अवार्ड, नेश्नल आइसिटि अवार्ड (प्राइभेट सेक्टर–प्रोभिजन) विधामा नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेको निन्जा इन्फोसेस प्राइभेट लिमिटेडलाई प्रदान गरिएकोछ । त्यस्तै, नेश्नल आइसिटि अवार्ड (प्राइभेट सेक्टर) विधामा माभोरीजन सिस्टम प्राइभेट लिमिटेड काठमाडौँलाई पुरस्कृत गरिएकोछ । पुरस्कृत राशी जनही एक ⁄ एक लाख रुपैयाको रहेको छ ।

