२०८३, आश्विन २२ गते

images

९५ लाख रुपैयाँसहित चार जना पक्राउ

९५ लाख रुपैयाँसहित चार जना पक्राउ

आइतवार, बैशाख २१ २०८२१०:२४
आइतवार, बैशाख २१ २०८२१०:२४
  • images

    काठमाडौं । काठमाडौंबाट प्रहरीले ९५ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्। उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो। त्यसभित्र ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको हो।

    प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend