२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार...

रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

सोमवार, बैशाख २२ २०८२०१:५१
सोमवार, बैशाख २२ २०८२०१:५१
  • images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारण माग गरेका छन्।

    सोमबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै चौधरीले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने भन्दै जवाफ नआए आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी दिए।

    ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्‍याइयो। महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ। यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भनेदेखि हामी सरकार छोड्न बाध्य हुन्छौं,’ उनले भने।

    उनले फर्जि पत्रका आधारमा रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार कारागार पुर्‍याइएको उल्लेख गरे। सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको अवस्थामा सरकारले यस बिषयमा सदनमा आएर जवाफ दिनुपर्ने उनले बताए।

    गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रमअघि सर्वोच्चको पत्रको आधारमा रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पुराइएको थियो। त्यसको करिव पाँच घण्टापछि सर्वोच्चले उक्त पत्र फर्जी रहेको भनी अर्को पत्र पठाएसँगै चौधरी रिहा भएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend