२०८३, आश्विन २२ गते

images

भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु

भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु

मंगलवार, बैशाख २३ २०८२१२:०७
मंगलवार, बैशाख २३ २०८२१२:०७
  • images

    मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली मंगलबार हेटौंडा आएको छ ।

    उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ । टोलीले उक्त स्थानको भूगर्भीय बनावट, माटोको तह, भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो ।

    साथै, प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी उक्त स्थानको चुम्बकीय क्षेत्र तथा त्यसमा रहेका एनोमेलिक पदार्थको अवस्थाबारे अध्ययन गरिने छ ।

    शुक्रबार गैरीगाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो ।

    प्रारम्भिक रूपमा अगाडिको पाङ्ग्रा भासिएपछि गाडीलाई निकाल्ने प्रयास भइरहँदा जमिन नै भासिएर गाडी हराएको थियो । लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद्हरूलाई बोलाई अध्ययन गर्न पत्राचार गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend