काठमाडौं । उदयपुरमा जन्ती पुर्याएर फर्किएको बस नदीमा भासिएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको हो ।
सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ति पुर्याएर फर्किएको को १ ख ४७५३ नम्बरको बस भासिएको हो।

