२०८३, आश्विन २१ गते

images

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ बजारबाट झिक्दै

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ बजारबाट झिक्दै

सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२०१:५२
सीएनएन खबर
बुधवार, बैशाख २४ २०८२०१:५२
  • images

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) बढेपछि राष्ट्र बैंकले आज फेरि ३५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ ।

    अधिक तरलता व्यवस्थापन गर्न बजारबाट केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ पैसा खिच्ने भएको हो।

    राष्ट्र बैंकले आज समेत गरी बैशाखमा मात्रै छैटौं पटक बजारबाट पैसा झिक्न लागेको छ । त्यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।


    निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend