२०८३, आश्विन २२ गते

images

स्रोत नखुलेको ४० लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

स्रोत नखुलेको ४० लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

बुधवार, बैशाख २४ २०८२०२:२९
बुधवार, बैशाख २४ २०८२०२:२९
  • images

    काठमाडौं । काठमाडौं प्रहरीले स्रोत नखुलेको ४० लाख ३२ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गए राति भारतीय नागरिक सुरज दत्त र रूपन्देही देवदह नगरपालिका–१५ का धर्मप्रसाद ढकाललाई पक्राउ गरेको हो । उनीहरूलाई न्युरोडस्थित विशाल बजारको भुइँतलाबाट पक्राउ गरिएको परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । तीनदिन अघिमात्रै परिसरको टोलीले नै सिनामंगलबाट ९५ लाख रपैयाँसहित चार जनालाई पक्राउ गरेको थियो ।

    पछिल्लो समय स्रोत नखुलेको रकमको कारोबार हुने सूचनापछि प्रहरीले विशेष टोली खटाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend