२०८३, आश्विन २२ गते

images

नेपाली उत्पादनको विश्वव्यापी व्यापारीकरणमा जोड दिन उद्योगमन्त्रीको आग्रह

नेपाली उत्पादनको विश्वव्यापी व्यापारीकरणमा जोड दिन उद्योगमन्त्रीको आग्रह

सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०३:४२
सीएनएन खबर
बिहिवार, बैशाख २५ २०८२०३:४२
  • images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

    काठमाडौंमा आयोजना भएको १० औं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालको उत्पादनलाई देश र विदेशमा चिनाउने गरी विश्वव्यापी व्यापारीकरणमा जोड दिनुपर्ने बताएका हुन्।

    'हामीले आयात र निर्यातको अवस्था देखेकै छौं,' मन्त्री भण्डारीले भने । 'विदेशी वस्तुहरू अत्यधिक प्रयोग भइरहेका छन्, तर आफ्नै स्वदेशी उत्पादनलाई निर्यात गर्न सकिरहेका छैनौं। अब यसलाई परिवर्तन गर्नुपर्छ।'

    उनले निजी क्षेत्र र उद्योग–वाणिज्यसँग सम्बन्धित सरोकारवालाहरूलाई अग्रसर भई प्रतिस्पर्धामा टिक्न सक्ने रणनीतिका साथ उत्पादनको ब्रान्ड निर्माण गर्न आग्रह गरे। साथै, मन्त्री भण्डारीले ठोस योजना तयार पारेर प्रस्ताव ल्याउन सुझाव दिँदै मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने बताए।

    'हाम्रो नीति निर्यात वृद्धिमा केन्द्रित हुनुपर्छ,' उनले भने, 'निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्ड बनाउने गरी अघि बढ्नुपर्छ।'

    मन्त्री भण्डारीले सरकार निर्यात प्रवर्द्धनका लागि आवश्यक नीति, योजना र संरचनात्मक सुधारमा लागिपरेको जानकारी समेत दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend