२०८३, आश्विन २१ गते

images

तीन दिनमा ६ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तीन दिनमा ६ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, बैशाख ३० २०८२१०:४३
मंगलवार, बैशाख ३० २०८२१०:४३
  • images

    काठमाडौँ । पछिल्लो ३ दिनमा सुनको मूल्य ६ हजार रुपैयाँले घटेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार, सोमबार र मंगलबार गरी तीन दिनमा सुनको मूल्य ६ हजारले घटेको हो । 

    महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला २ हजार रुपैयाँले घटेको छ । यस्तै, सोमबार प्रतितोला ३ हजार ७ सय रुपैयाँ र आइतबार ३ सय रुपैयाँले घटेको थियो । 

    मंगलबार सुन घटेसँगै छापावाल सुनको मूल्य तोलाको  एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार  सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend