२०८३, आश्विन २१ गते

images

१४ अंकले घट्यो नेप्से

१४ अंकले घट्यो नेप्से

मंगलवार, बैशाख ३० २०८२०३:२२
मंगलवार, बैशाख ३० २०८२०३:२२
  • images

    काठमाडौं । सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा रोकिएको छ ।

    अघिल्लो दिन सोमबार नेप्से बन्द थियो भने आइतबार सूचक १२.५३ अंकले घटेको थियो । त्यसअघि गत साताको बिहीबार पनि नेप्से १२.०४ अंकले घटेको थियो भने बुधबार भने ६२.२५ अंकले बढेको थियो ।

    आज नेप्सेमा कुल ९ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १० अर्ब बढीको कारोबार भएको थियो ।

    मंगलबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    आइतबार क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९३ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.३९ प्रतिशते घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend