२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पासपोर्ट छपाइ टेन्डरबाट अमेरिकी कम्पनी...

पासपोर्ट छपाइ टेन्डरबाट अमेरिकी कम्पनी बाहिरियो, फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा

पासपोर्ट छपाइ टेन्डरबाट अमेरिकी कम्पनी बाहिरियो, फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा

मंगलवार, बैशाख ३० २०८२०५:४३
मंगलवार, बैशाख ३० २०८२०५:४३
  • images

    काठमाडौं । राहदानी विभागको ६४ लाख पासपोर्ट छपाइको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी बाहिरिएको छ। विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा प्याकेज १ मा २ कम्पनी मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। 

    प्याकेज २ मा भने ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। विभागले आर्थिक प्रस्तावका लागि २८ मे अर्थात् आगामी जेठ १४ गते आर्थिक प्रस्ताव खोल्ने जनाएको छ। राहदानी विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार प्याकेज १ मा जर्मनीको मुलबउर र फ्रान्सको आईडेमिया छनोट भएका हुन्। त्यसैगरी प्याकेज २ मा मेहलबर, आईडेमिया, भेरिडोस र पीडब्लु पीडब्लु कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। 

    पासपोर्ट छपाइका लागि प्याकेज १ मा ३ कम्पनीले आवेदन दिएका थिए भने प्याकेज २ मा ४ कम्पनीको आवेदन परेको थियो। प्याकेज १ मा फ्रान्सेली कम्पनी आईडेमिया, अमेरिकी कम्पनी आइरिसिस र जर्मन कम्पनी मुअलबउर सहभागी थिए। प्याकेज नम्बर २ मा आईडेमिया, जर्मन कम्पनी मुअलबउर, पोल्यान्डको पीडब्लु पीडब्लु र जर्मनकै भेरिडोसले आवेदन दिएका थिए।

    ६४ लाख पासपोर्ट छपाइका लागि विभागले मंसिर १३ मा पहिलोपटक टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएको भन्दै विवादमा पर्‍यो। फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो। बीचमा टेन्डर डकुमेन्ट संशोधन भएपछि अन्तिम समयमा फ्रेबुअरी २१ सम्म पुर्‍याइयो। 

    प्याकेज नम्बर १ र २ मा फ्रान्स र जर्मनीका एकै कम्पनी सहभागी भएका छन्। हाल पासपोर्ट छपाइ गरिरहेको आइडेमिया दुवै प्याकेजमा सहभागी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend