२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सांसद राई विरुद्ध मुद्दा दायर, २...

सांसद राई विरुद्ध मुद्दा दायर, २ करोड ४० लाख विगो मागदावी

सांसद राई विरुद्ध मुद्दा दायर, २ करोड ४० लाख विगो मागदावी

सीएनएन खबर
मंगलवार, बैशाख ३० २०८२०५:५७
सीएनएन खबर
मंगलवार, बैशाख ३० २०८२०५:५७
  • images

    काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

    वैशाख १३ मा काठमाडौंको कपनबाट पक्राउ परेका राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ विगो तिर्नुपर्ने मागसहित मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो ।

    स्वर्णलक्ष्मीसहित विभिन्न पाँच सहकारीमा ओखलढुंगाका गितेन्द्र राई, पूर्वगृहमन्त्री रवि लामेछानेसहितका आरोपी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend