२०८३, आश्विन २१ गते

images

लगातार ३ दिन घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लगातार ३ दिन घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख ३१ २०८२१०:४४
बुधवार, बैशाख ३१ २०८२१०:४४
  • images

    काठमाडौँ । लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ । आईतबारदेखि मंगलबारसम्म तीन दिनको अबधिमा ६ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको  एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार  सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend