२०८३, आश्विन २२ गते

images

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश

बुधवार, बैशाख ३१ २०८२०३:४८
बुधवार, बैशाख ३१ २०८२०३:४८
  • images

    काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण माग गर्दै उनलाई उपस्थित गराउन आदेश दिएको हो ।

    मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी थिइन् । 

    गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए । मिश्र ४८ दिनदेखि प्रहरी हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend