२०८३, आश्विन २१ गते

images

माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

बुधवार, बैशाख ३१ २०८२०५:२६
बुधवार, बैशाख ३१ २०८२०५:२६
  • images

    काठमाडौं ।  स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

    सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ मा पक्राउ गरेको थियो । उनले कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । 

    २०७३ कार्तिक ६ देखी २०७४ मंसिर ४ सम्म उनि सदस्य थिइन् । २०७४ मंसिर ४ देखी २०७६ भदौ २१ सम्म उनी सहसचिव भएर काम गरिन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

    मंगलबार सरकारी वकिलले उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend