२०८३, आश्विन २१ गते

images

तोलामा ३ हजार ५ सयले घट्यो सुनको मूल्य

तोलामा ३ हजार ५ सयले घट्यो सुनको मूल्य

बिहिवार, जेठ १ २०८२११:०५
बिहिवार, जेठ १ २०८२११:०५
  • images

    काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको उच्च मूल्यले मूल्यले  घटेको छ । आज सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको  एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५५ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend