२०८३, आश्विन २१ गते

images

कांग्रेस सांसद मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा

कांग्रेस सांसद मोहनबहादुर बस्नेत स्वत: निलम्बनमा

सीएनएन खबर
बिहिवार, जेठ १ २०८२०१:३१
सीएनएन खबर
बिहिवार, जेठ १ २०८२०१:३१
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको छ।

    २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पूर्वसञ्चार मन्त्री बस्नेतविरूद्ध बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार बस्नेत प्रतिनिधि सभा सांसद बाटबाट स्वत: निलम्बित भएका छन्।

    जसमा सार्वजनिक पद धारण गरेको व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा पदबाट स्वत: निलम्बन भएको मानिने उल्लेख छ।

    सांसद बस्नेतसहित १६ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend