२०८३, आश्विन २१ गते

images

पाँचौ दिन पनि घट्यो नेप्से

पाँचौ दिन पनि घट्यो नेप्से

बिहिवार, जेठ १ २०८२०३:३२
बिहिवार, जेठ १ २०८२०३:३२
  • images

    काठमाडौं । लगातार पाँचौ दिन समेत सेयर बजार ओरालो लागेको छ ।  नेप्से आज ८.४१ अकंले घटेर २६११ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८३ करोडको कारोबार भएको छ । आज विकास बैंकको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर २.२१ प्रतिशतले घटेको हो । साथै, बैंकिङ समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.६९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

    यसदिन, ८२ कम्पनीको सेयरमूल्य घट्दा १६४ कम्पनीको सेयरमूल्य घटेको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१० प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend