२०८३, आश्विन २१ गते

images

६ लाख घुससहित इन्जिनियर पक्राउ

६ लाख घुससहित इन्जिनियर पक्राउ

बिहिवार, जेठ १ २०८२१०:१५
बिहिवार, जेठ १ २०८२१०:१५
  • images

    काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई झण्डै ६ लाख घुससहित नियन्त्रणमा लिइएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार ५ लाख ७० हजार घुससहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बाट यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

    सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रू ५ लाख ७० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend