२०८३, आश्विन २१ गते

images

विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चमा दरपीठ

विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चमा दरपीठ

शुक्रवार, जेठ २ २०८२१२:३७
शुक्रवार, जेठ २ २०८२१२:३७
  • images

    काठमाडौँ । गभर्नर बनाउन नहुने भन्दै अर्थविद् विश्व पौडेलविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ। 

    सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेका हुन्।

    अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध गत मंगलबार  रिट दिएका थिए। 

    पेस गरेको ४ दिनपछि सर्वोच्च प्रशासनले दर्ता अस्वीकार गरेको हो। तर निवेदकले भने प्रशासनको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिएका छन्।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend