२०८३, आश्विन २२ गते

images

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

शुक्रवार, जेठ २ २०८२०१:०६
शुक्रवार, जेठ २ २०८२०१:०६
  • images

    काठमाडौं । काठमाडौं मध्य बानेश्वमा कारको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ । बानेश्वर नजिकै कात्यानी चोकमा बा.प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

    शुक्रबार बिहान ९ः२६ बजे काठमाडौँ महानगरपालिका– ३१ कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय नागरिक आलोककुमार झाका तीन वर्षका छोरा शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

    काठमाडौं महानगरपालिका– ३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठले चलाएको कारले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend