काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५७ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

