२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशको मन्त्रीमा नाउपाका सांसद रामेश्र...

सुदूरपश्चिम प्रदेशको मन्त्रीमा नाउपाका सांसद रामेश्र चौधरी नियुक्त

सुदूरपश्चिम प्रदेशको मन्त्रीमा नाउपाका सांसद रामेश्र चौधरी नियुक्त

सीएनएन खबर
आइतवार, जेठ ४ २०८२०३:२७
सीएनएन खबर
आइतवार, जेठ ४ २०८२०३:२७
  • images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन् ।
     
    उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो ।

    प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

    अध्यक्ष श्रेष्ठले भने प्रदेश संसदीय दललाई लिखित पत्र पठाउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कैलाश चौधरीलाई पठाउन निर्देशन दिएकी थिइन् ।

    उक्त निर्देशन विपरीत संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend