काठमाडौं । सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ। साताको पहिलो कारोबारमा आइतबार कारोबारको सुरुवाती केही समयमा उकालोतिर देखिएको बजार पछि पुन: उतारचढावबीच ओरालोतिर नै लाग्यो।
२.७९ अंकले घटेर बजार २६०९.०५ बिन्दुमा पुगेको छ। एक सयवटा कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार १४५ कम्पनीको सेयर मूल्य घटेको छ।
गएको साता पहिलो कारोबारमा आइतबार १२.५३ अंकले घटेको बजार दोस्रो कारोबारमा मंगलबार १४.८७ अंकले घटेको थियो। बुधबार १३.९६ अंकले घटेको बजार बिहीबार पनि ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा ओर्लिएको थियो।

